दोलखाको कालिञ्चोकमा आग्लागीमा परेर ३ घर जलेर नष्ट
चैत्र १३, २०८२ | दोलखा, केदार शिवाकोटी
दोलखाको कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा आगलागीमा परेर ३ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि स्थानीय नन्दप्रसाद रेग्मी, मुकुन्द रेग्मीसहित अन्य स्थानीयको घर जलेर नष्ट भएको हो ।
आज दिउँसो नन्दप्रसादको घरबाट सल्केको आगोले ३ घर जलेर नष्ट भएको दोलखाका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले बताउनुभयो ।
वस्तिमा आगो फैलिन नदिन स्थानीयको थप २ घर भत्काएर आगो नियन्त्रणमा लिईएको छ । आगलागीबाट क्षतिको लगत संकलन भैरहेकाले थप विवरण आउन बाँकी छ । आगलागीको कारण भने खुलेको छैन् ।








