खड्काको बन्दीप्रत्यक्षीकरणको निवेदनमा फाइल मगाउने अदालतको आदेश
चैत्र २५, २०८२ | काठमाडौं
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपककुमार खड्काको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले फाइल मगाउने आदेश गरेको छ ।
न्यायाधीशद्धय महेशकुमार शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले सो आदेश गरेको हो । खड्कामाथि भदौ २३ को जेन–जी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको थियो ।
यही क्रममा अनुसन्धानका लागि प्रहरीले खड्कालाई चैत्र १५ गते पक्राउ गरेको थियो । त्यस्तै, विभागबाट निवेदकका हकमा भएको अनुसन्धानसँग सम्बन्धित फाइलमा दोस्रोपटक हिरासतमा राख्ने गरी अनुमति प्राप्त गरेको कागजातसहितको सम्पूर्ण कागजात नदेखिँदा सोसहित अनुसन्धान गरिएका थप कागजात महान्यायाधिवक्ताको कार्यालयमार्फत पेशीमा पठाउन अदालतले भनेको छ ।










