उपसभामुख पदको निर्वाचन आगामी शुक्रवार हुने
चैत्र २५, २०८२ | काठमाडौं
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आगामी शुक्रवार हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोक्नुभएको हो । नयाँ सरकार गठन र सभामुखको निर्वाचनपछि रिक्त रहेको उपसभामुख चयन प्रक्रिया अघि बढेको हो ।
संविधानमा सभामुख र उपसभामुख फरक पार्टी र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था छ । रास्वपाका नेता सभामुख भइसकेकाले अब अन्य दलबाट उपसभामुख बनाउनुपर्नेछ । रास्वपाका नेताहरु अनुसार उपसभामुखको बिषयमा छलफल जारी रहेपनि टुंगोमा पुगेको छैन ।










