जापानद्वारा साढे ३२ करोड बराबरको खाद्य सामग्री नेपाललाई हस्तान्तरण

रेडियो कान्तिपुर संवाददाता

भाद्र २५, २०७५ | काठमाडौं

जापानले करीब साढे ३ करोड बराबरको खाद्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै जापानले नेपाल खाद्य संस्थानलाई सो मूल्य बराबरको चामल हस्तान्तरण गरेको हो ।

सन् २०१६ को आर्थिक वर्षमा जापानी सहायता कार्यक्रम मार्फत नेपाललाई दिईने प्रतिबद्धता अनुुरुप ३२ करोड ४८ लाख रुपैयाँ बराबरको चामल नेपालका लागि जापानी राजदूत मासामिची साईगोले नेपाल खाद्य संस्थानलाई हस्तान्तरण गर्नुभएको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले जापान गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिनुभयो । 

सहायता कार्यक्रम मार्फतको खाद्य सहयोग गर्ने प्रतिबद्धता अनुरुप ५ हजार १ सय ७४ मेट्रिन टन चामल संस्थानलाई हस्तान्तरण गरिएको हो । 

सो सहायताले खाद्य विकल्पका रुपमा मुलुकको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने तथा आपसी सम्बन्ध बलियो बनाउने विश्वास लिईएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया