रारामा १५ हजार आन्तरिक पर्यटक

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७५ | मुगु

मुगुको उत्कृष्ट पर्यटकीय गन्तब्य रारामा करीब १५ हजार आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । गत बैशाख देखि चैत दोश्रो साता सम्म १५ हजारले आन्तरिक पर्यटकले रारा भ्रमण गरिसकेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

रारा घुम्न आउने विदेशीको संख्या कम भएपनि आन्तरिक पर्यटकको संख्या १५ हजार पुगेको निकुञ्ज संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । रारा घुम्ने मौसम सुरु भए लगत्तै आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।

पर्यटक बस्ने पर्याप्त सुविधायुक्त होटलको अभाव हुँदै गएको उहाँको भनाई छ । आन्तरिक पर्यटकको निम्ति रारा उत्कृष्ट गन्तब्य बनेको छ ।

काठमाडौं, पोखरा, लुम्बिनी, बुटवल, भैरहवा, विराटनगर चितवन लगायत क्षेत्रबाट रारा घुम्न आउने गरेको निकुञ्जले जनाएको छ । अधिकांश आन्तरिक पर्यटकहरु कर्णाली राजमार्ग हुँदै रारा पुग्ने गरेका छन् भने कोही काठमाडौं, नेपालगञ्ज देखि जहाजबाट रारा आउने गरेका छन् ।


प्रतिक्रिया