नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा पार्टीको विभाग गठन तथा पार्टी र सरकारका काम कारबाहीका विषयमा छलफल भइरहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।  बैठक हिजो नै बस्ने तय भएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण आजका लागि सारिएको थियो । पार्टीका नेताहरुको जिम्मेबारी तथा विभाग गठनका बिषयमा विगत लामो समयदेखि सचिवालय बैठकमा छलफल भएपनि सहमति जुट्न नसक्दा बैठक औपचारिकतामै सिमित बन्दै गएको छ । सचिवालय सदस्य झलनाथ खनालले आजको बैठक पनि त्यसैको निरन्तरता हुने बताउनुभयो । 

यद्यपी बैठक अघि विवादित विषयमा शीर्ष तहमा छलफल हुने भएकाले केही अपेक्षा गर्ने ठाउँ रहेको उहा“को भनाई छ । नेकपाको स्कुल विभागमा आकांक्षीको व्यवस्थापन हुन नसक्दा सचिवालय बैठक प्रभावित बन्दै आएको छ । नेतृत्वले बैकल्पिक बाटोबाट सो विवाद हल गर्ने तयारी पनि सुरु गरेको छ । 

मुख्य समाचार 

* नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी/ पार्टीको विभाग गठन तथा पार्टी र सरकारका काम कारबाहीका विषयमा छलफल 

* परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइँदै/

*  इजरायलद्वारा दुई अमेरिकी महिला सांसदलाई आफ्नो मुलुक प्रवेशमा रोक / इजरायलविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको आरोप 

 र 

* चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक र मोरङको बेलबारी फुटबल क्लव भिड्दै/ स्पानिश ला लिगा फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदै 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया