न्यायलयमाथी निक्कै भ्रष्टाचार बढेको छ : बरिष्ठ अधिबक्ता बिश्वकान्त मैनाली

रेडियो कान्तिपुर संवाददाता

भाद्र २७, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 13 September 2019 | 27 Bhadra 2076

बरिष्ठ अधिबक्ता एवम राजनितिक बिश्लेषक बिश्वकान्त मैनालीले न्यायलयमा दिन प्रतिदिन बेतिथी बढेको बताउनुभएको छ । यसको रोकथाम नभए न्यायलयप्रतिको विश्वास समाप्त हुने मैनालीको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मैनालीले न्यायधिसहरु नै भ्रष्टाचारमा लिप्त भएकाले समस्या चुलिएको दाबी गर्नुभयो । न्यायको निसाफ गर्नेहरुले नै त्यसको सिद्धान्तलाई किल्चीएको आरोप लगाउदै उहाँले दलिय हस्तक्षेपका कारण पनि यसप्रतिको विश्वसनियता गुमेको बताउनुभयो । 

न्यायका लागि संर्घष गर्नुपर्ने अबस्था आउनु दुर्भाग्यपुर्ण भएको भन्दै उहाँले तत्काल सुधारका कदम नचालिए अवस्था थप बिकराल हुने चेतावनी दिनुभयो ।

 प्रमुख राष्ट्रिय समाचार

* राष्ट्रपतिले पुर्नविचारको सन्देश सहित फिर्ता गरेको राहदानी विद्येयक जस्ताको तस्तै पारित/राष्ट्रपतिले विद्येयकको अन्तरवस्तुमै प्रश्न उठाएको भन्दै सांसदहरुको आपत्ति

* प्रदेश ५ का मन्त्रीहरुले आफना गुनासो र समस्यालाई बेवास्ता गर्ने गरेको प्रदेश सभा महिला सदस्यहरुको गुनासो/भन्छन्–प्रदेश मन्त्रीहरु धेरै जसो प्रश्नको उत्तरै दिँदैनन्

* मलेसियामा १५ महिना देखि अवरुद्ध भएको कामदार पठाउने प्रक्रीया शुरु/पुराना संस्थाबाटै कामदारको स्वास्थ्य परिक्षण थालिने

* चीनसंग वृहत व्यापार सम्झौतालाई आफुले प्राथमिकतामा राखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई/सहज सम्झौताको सम्भावना भने नरहेको जिकिर

 र

* राष्ट्रिय खेलकुद परिषदद्धारा नेपाल क्रिकेट संघ क्यानको निर्वाचन रोक्न निर्देशन/आगामी साता हुने भनिएको निर्वाचन थप अन्यौलमा

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया