श्रीलङ्काबाट ल्याईएको बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रमा (फोटो फिचर)

जेष्ठ १०, २०८१ | परासी

२५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलङ्काबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ ।


कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एक मात्र सिङ्गो अस्तधातु रहेको रामग्राम स्तुपसम्म करिब १५ किलोमटिर लामो धातुजात्रा निकालिएको हो ।

श्रीलङ्काबाट ल्याईएको बुद्धको अस्तुधातुलाई हात्तिमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको ब्यवस्था मिलाईएको थियो ।


गत वर्ष प्रधानमन्त्रीको उपस्थीतमा रथ सहितको धातु जात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आँफैले अपनत्व लिएर धातु जात्राको आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।


लुम्बिनी विकास कोषले रामग्रामसहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आँफै पुरातात्विक बस्तु र स्थलको संरक्षणमा लागि परेको हो ।  


गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा रामग्राम स्तुपमा अस्तधातु सहितको कार्यक्रम भएको थियो । बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुदको कार्यक्रम आयोजना गरेको छ । 

तस्बीर सबैः नवीन पौडेल, रेडियो कान्तिपुर


प्रतिक्रिया