झरीमा जंगल सफारी (तस्बिरहरु)

तस्बिरहरु : रमेशकुमार पौडेल/ रेडियो कान्तिपुर ।  

श्रावण २७, २०८१ | चितवन

जिप सफारी चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले रुचाउने प्रमुख पर्यटकीय गतिविधिमा पर्दछ । बर्खा सुरु भएसँगै चितवन निकुञ्जभित्र जिप सफारी बन्द हुन्छ । तर, निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनले जिप सफारी जारी नै राख्दछन् । चितवन–सौराहा आडको कुमरोज मध्यवर्ती सामुदायिक वन जिप सफारीका लागि प्रख्यात छ । असार साउनको झरीको वास्ता नगरी यो सामुदायिक वनमा जिप चढेर वन्यजन्तु हेर्न देश विदेशका पर्यटक आउने गरेका छन् । 

बिहान ३० पटक र दिउँसो ३० पटक गरी दिनमा ६० पटकसम्म जिप सफारी गराइन्छ । बर्खापछि दशैं तिहारसँगै मुख्य पर्यटकीय याम सुरु हुँदा हरेक पल जिपहरु भरीभराउ हुन्छन् । बर्खायाममा पनि अरु बेलाको भन्दा आधाजति जिप सफारीमा जाने गरेका छन् । एक जिपमा ११ जना अट्छन् । 

सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले बर्खाका दिनमा शनिबार या अन्य बिदाको बेलामा पर्यटकीय सिजन जसरी नै जिप सफारी हुने बताउनुभयो । साउनको हरियालीमा जीप सफारीमा जाँदा पनि वन्यजन्तु भरपुर देखिन्छन् । मृगका विभिन्न प्रजातिहरु, चित्तलको बथान, रतुवा र लगुना तथा जरायोका जोडी रमाइ रमाइ चर्दै गरेको भेटिन्छन् । देखिने गर्दछ । बाघले गैंडाको बच्चालाई आक्रमण गरेको र माउ गैंडाले प्रतिकार गरेको हालै मात्रै भाइरल भएको भिडियो पनि यही सामुदायिक वनको हो ।

मयुर नाच्दै गरेका हुन्छन्, रुखको हाँगामा अनेक प्रजातिका चरा बसेका हुन्छन् । चर्दै र आहाल बसेका गैंडा पनि त्यत्ति कै देखिन्छन् । जिप सफारी सुरु गरेर जंगल छिचोल्दै राप्ती किनार पुग्दा दुर्लभ घडियाल गोही बगरमा सुतिरहेको यो बेलामा पनि देख्न पाइन्छ । राप्ती किनारबाट थोरै मोडिएर दराई बोटे ताल छिरेपछि केही बेर सुस्ताउँदै चिया खाजा खाने र चिनो पसलबाट हात्ती गैंडाको काठमा साना साना मूर्ति किन्न पाइने सुविधा छ । त्यो तालबाट सफारी फिर्ता हुन्छ ।

खैरहनी नगरपालिकाको दक्षिण राप्ती नदी किनारमा रहेको कुमरोज सामुदायिक वन चितवन निकुञ्जमा पाइने सबै खाले जनावरको राम्रो बासस्थल भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो वन दुर्लभ वन्यजन्तु पाटे बाघको पनि बासस्थल हो । सफारीमा जाँदा अन्य जीव जनावर, पंक्षी र जलचरहरु प्रशस्तै देखिए पनि बाघ देख्ने संयोग कमैले पाउँछन् । कहिले काँही भने भटाभट बाघ


प्रतिक्रिया