रास्वपा सभापति लामिछानेको समर्थनमा पोखरामा कार्यकर्ताको प्रदर्शन (फोटोफिचर)

कार्तिक ३, २०८१ | कास्की

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । रास्वपा कास्कीको नेतृत्वमा आज पोखराको मानवअधिकार चोक (चिप्लेढुंगा)मा प्रदर्शन भएको हो ।


प्रर्दशनको क्रममा उनीहरुले सहकारीको वास्तविक ठग अर्कै रहेको र रवि निर्दोष रहेको बताएका छन् । सहकारी पीडीतको आन्दोलन रास्वपाले नै नेतृत्व गरेर न्याय दिलाउने बताउँदै सरकारले खुलमखुला भ्रष्टाचार गरिहरेको समय विषयवस्तु अन्यत्रै मोड्न रविलाई पक्राउ गरिएको बताएका थिए । व्यक्तिगत इगो देखाउन्दै सरकारले पक्राउ गरेको उनीहरुको भनाई छ ।

राजनीतिक प्रतिशोध बन्द गर्न उनीहरुले चेतावनी दिएका छन् । काँग्रेस उपसभापति धनराज गुरुङ र सार्वजानिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै प्रदर्शनमा उत्रीएकाले कारबाहीको माग गरेका छन् ।


रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा बिहान ११ बजेपछि प्रदर्शन सुरु गरेका थिए भने ३ बजे महेन्द्रपुल हुँदै जिल्ला प्रहरी कार्यालयसम्म ¥याली निकालेका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि केही समय प्रर्दशन गरेपछि आइतबार पुनः शहिदचोकस्थित कोणसभा गर्ने गरी सम्पन्न गरेका थिए ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी लामिछानेलाई राती नै स्थलमार्गबाट पोखरा ल्याएको हो ।


लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ ।  


प्रतिक्रिया