हत्या आरोपमा क्रसर सञ्चालक महतो पक्राउ

पुस २६, २०७६ | जनकपुर

अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोलाई जनकपुरबाट पक्राउ गरेको छ । 

जनकपुरको मिल्स एरियास्थित ससुराली घरमा लुकेर बसेका महतोलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो । 

धनुषा प्रहरीका प्रमुख एसपी रमेश बस्नेतले घटनापछि फरार रहेका महतोलाई जनकपुरको ससुराली घरबाट नियन्त्रणमा लिएको बताउनुभयो । 

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले सवारी ज्यानमा नभई कर्तव्य ज्यानमा मुद्दा चलाउन धनुषा प्रहरीलाई निर्देशन दिनुभएको छ । 

डीआइजी कार्कीकै निर्देशनमा इलाका प्रहरी कार्यालयले हेरिरहेको सो मुद्दा आजदेखि जिल्ला प्रहरी कार्यालयले आफैं हेर्न थालेको छ । 

धनुषाको औरही खोलामा दोहन भएको थाहा पाएपछि साथीसहित पुगेका मिथिला नगरपालिका–५ का दिलीप महतोलाई टिपरले किचेर हिजो बिहान हत्या गरिएको थियो । 


प्रतिक्रिया