पशुसेवा विभागका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

माघ ३, २०७६ | काठमाडौं

घूस लिएको आरोपमा पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सेवाग्राहीसँग ८ हजार ५ सय रुपैयाँ घूस लिएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो । 

अनुसन्धानको क्रममा कार्कीले सेवाग्राहीसँग घूस लिएको पाईएपछि आज मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

यसैबीच, रुपन्देही अदालतमा कार्यरत नायब सुव्वा वुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध पनि अख्तियारले आजै भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग २ हजार रुपैयाँ घूस लिएको दावी अख्तियारको छ । 


प्रतिक्रिया