कान्तिपुरकर्मी पोडेललाई नेपाल दर्शन उत्कृट फोटो पुरस्कार

माघ ६, २०७६ | काठमाडौं

कान्तिपुरकर्मी मनोज पौडेलले नेपाल दर्शन शीर्षकमा आयोजित राष्ट्रिय फोटो प्रतियोगिताको प्रथम पुरस्कार प्राप्त गरेका छन् । 

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले कान्तिपुरकर्मी पौडेललाई २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्नुभयो । 

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन गर्ने उद्देश्यले आयोजना प्रतियोगितामा पौडेलले हातमा शान्ति द्विप लिएर भिक्षुहरुले मायादेवी मन्दिर परिक्रमा गर्दै गरेको सन्ध्याकालिन फोटो प्रथम भएको हो । 

प्रतियोगितामा मुगुका कविराज कार्की र काठमाडौं स्थित सिन्हवा न्युज एजेन्सीका सुनिल शर्मा द्वितीय र तृतीय भएका थिए । उनीहरुलाई पनि क्रमश: २० र १५ हजार सहित मन्त्री भटराईले प्रमाणपत्र वितरण गर्नुभयो । 

त्यस्तै ७ प्रदेशका ७ जनालाई उत्कृष्ट फोटो विजेताका रुपमा पुरस्कृत गरिएको थियो । उनीहरुलाई पनि जनही १० हजार र प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त अवसरमा नेपाल दर्शन २०२० नामक फोटो पुस्तक पनि विमोचन गरियो । मन्त्री भटराईले पुस्तक विमोचन गर्नु भएको हो । 

प्रतियोगिताका लागि पठाईएका उत्कृष्ट १ सय ८४ तस्बिर समावेश गरेर पुस्तक निकालिएको समूहका महासचिव प्रदीपराज वन्तले बताउनुभयो । 

पुस्तकमा तराईदेखि हिमाल र पूर्वदेखि पश्चिमसम्मका कला संस्कृति, परम्परा, चरा वन्यजन्तु र पर्यटकीय आकर्षण समेटिएको हो । 


प्रतिक्रिया