बैकिङ्ग कसुर मुद्दामा बुढाथोकी कारागार चलान

माघ १४, २०७६ | काठमाडौं

बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत, पाटनले दोषी ठहर गरेका एक अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी कारागार चलान गरेको छ । 

उच्च अदालतले गत असोज २८ गते तारकेश्वर नगरपालिका–१ का ५४ वर्षीय राजेन्द्र बुढाथोकीलाई १५ दिन कैद र ५ लाख रुपैंयाँ जरिवाना हुने ठहर गरेको थियो । 

गोलढुङ्गाबाट हिजो पक्राऊ परेका बुढाथोकीलाई काठमाडौं जिल्ला अदालतको आदेशले आज केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।


प्रतिक्रिया