क्वारेन्टाइनमा महिलाको मृत्यु

जेष्ठ २०, २०७७ | बैतडी

– बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका ४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ बर्षिया सुनिता लुहारको मृत्यु भएको हो । 

उनी केहीदिन अघिमात्रै भारतबाट आएकी हुन् । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृत महिलाको स्वाव परीक्षणका लागि स्वाव संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन स्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोष्टमार्टम गरिने भट्टले बताउनुभयो । 


प्रतिक्रिया