आइसोलेसन तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ

भाद्र ६, २०७७ | संखुवासभा

कोरोना संक्रमितलाई राख्नका लागि बनाएको आईसोलेसन तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा संखुवासभा खाँदबारीस्थित हिमालय किरण क्याम्पसका प्रमुख मात्रिका तिम्सिना पक्राउ परेका छन् । 

तिम्सिनाविरुद्ध अपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । हराएको स्वास्थ्य सामाग्री भने अझै फेला परेको छैन ।

अस्पताल प्रशासनका अनुसार आईसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोड पछि हराएको थियो । करीब १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट सुन्दरश्याम झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार ७० थान पीसीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायत सामग्री हराएको छ । अहिले आईसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । 

तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया