ट्राफिक प्रहरीको नमस्कार अभियान शुरु

भाद्र १८, २०७७ | गोरखा

सवारी चालक र ट्राफिक प्रहरीबीचको सम्बन्ध सुधार गर्न ‘नमस्कार’ अभियान शुरु भएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशका ११ वटै जिल्लामा शुरु गरेको नमस्कार अभियान आज गोरखामा शुरु गरिएको हो । 

अभियान अन्तर्गत अब दुई हात जोडेर नमस्कार गरेपश्चात मात्र सवारी जाँच शुरु गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताउनुभयो । सवारी जाँचलाई थप प्रभावकारी बनाउन सो अभियान शुरु गरेको उहाँको भनाई छ । 


प्रतिक्रिया