ढोरपाटन बाढीपहिरोमा मृतकको संख्या १७ पुग्यो

भाद्र २२, २०७७ | बागलुङ

बागलुङको ढोरपाटन नगरपालिका ९ स्थित भुजी खोलामा आएको बाढीपहिरोले बगाएका एक पुरुषको शव फेला परेको छ । योसंगै गत बुधबार राति आएको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले घटनास्थल देखि झण्डै ३० किलोमिटर तल बडिगाड खोलामा अन्दाजी ३५ वर्षिय पुरुषको आज शव फेला परेको बताउनुभयो । शवको सनाखत भने हुन सकेको छैन । पहिरोमा फेला परेका शव मध्ये १५ जनाको सनाखत भइसकेको छ । घटनामा अझै २१ जना बेपत्ता छन् । 

घटनास्थल देखि गुल्मीको रिडी र स्याङजा स्थित कालीगण्डकी ए जलविद्युत आयोजनासम्म प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली खटाएर बेपत्ताको खोजी भइरहेको भण्डारीले बताउनुभयो ।  


प्रतिक्रिया