१३ बर्षपछि पक्राउ

मंसिर २४, २०७७ | लमजुङ

गाउँलेको हत्या गरेर फरार भई इराकमा गएर बसेकी एक महिलालाई लमजुङ प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ । कर्तब्य ज्यान कसुर गरेर फरार दोर्दी गाउाँपालिका ६ सिमीका ३२ बर्षीया पदमी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । २०६४ बैशाख १५ गते गाउँकै २५ बर्षीया पिचौटी गुरुङको हत्या गरेर फरार भएका पदमीविरुद्ध लमजुङ जिल्ला अदालतले ९ वर्ष ६ महिना २१ दिन सजायको फैसला सुनाएको थियो ।

डीएसपी गंगाबहादुर थापाका अनुसार हत्या गरेपछि इराक गएर बसेका उनी १ महिनाअघि मात्रै घर आएको खुलेको छ । हत्यापछि पासपोर्ट बनाएर तुरुन्तै भारत गएर इराक गएको हुनसक्ने डीएसपी थापाले बताउनुभयो । गएराती पक्राउ परेकी गुरुङलाई जिल्ला अदालतले आजै कारागार चलान गरेको छ । घाँस काट्न गएको बेला सामान्य विवाद हुँदा पिचौटीलाई पदमीले ढुंगा र दाउरा प्रहार गरेको अभियोगमा अदालतले पदमीलाई कारागार चलानको फैसला सुनाएको थियो । 


प्रतिक्रिया