सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएका अर्जुन पक्राउ

माघ १३, २०७७ | काठमाडौं

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएका अर्जुन विक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ परेका छन् ।

 १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइल गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका थिए।

 जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विकलाई गत बिहीबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । विकविरुद्ध गत भदौ ११ गते कैलाली अदालतमा अभियोगपत्र दर्ता भएको थियो । 

अभियोगपत्रमा विकले २०७३ जेठ ३० गतेदेखि २०७७ साउन १५ गतेसम्म पीडितलाई काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित कोठामा बन्धक बनाएको र बलात्कार गरेको उल्लेख छ । 

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानी स्थायी घर भएका ‘छित्ता’ भनेर चिनिने २४ वर्षीय विकविरुद्ध ईलाका प्रहरी कार्यालय भजनीमा उजूरी परेको थियो ।


प्रतिक्रिया