बालिका बलात्कार गरी फरार रहेका एक अभियुक्त पक्राउ

फाल्गुन ६, २०७७ | सल्यान

बालिकामाथि बलात्कार गरी फरार रहेका एक अभियुक्तलाई सल्यानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसी रहेका छन् । 

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका केसीलाई घर नजिकै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । छिमेकी बालिकालाई गत पुष १३ गते घरमा कोही नभएको मौकाछोपी केसीले बलात्कार गरी फरार भएका थिए । 

गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक गोविन्द थापाले बताउनुभयो । पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार पीडित बालिकाका आफन्तले गत पौष १३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण बाबुआमा मजदुरीका लागि काठमाडौं गएपछि उनी मामा घरकी हजुर आमासँग बस्दै आएकी थिईन । 


प्रतिक्रिया