हत्या अभियोगमा खोटाङबाट ३ जना पक्राउ

चैत्र ४, २०७७ | खोटाङ

खोटाङको तुवाचुङ नगरपालिका–५ का खड्क भनिने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीया लक्ष्मी राई, ३० वर्षीय दईन्द्र राई र १६ वर्षीया किशोरी छन् । 

ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई रातमाटेबाट पक्राउ गरेको हो । महिलाहरु बसेको कोठामा प्रवेश गरेको विषयलाई लिएर तीन जनाले अजितलाई कुटपिट गरी हत्या गरेको प्रहरीको भनाई छ ।  


प्रतिक्रिया