फरार प्रतिवादी १८ वर्षपछि रुपन्देहीबाट पक्राउ

जेष्ठ ६, २०७८ | तिलोत्तमा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि रुपन्देहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको साविक रुद्रपुर गासिव–९ बस्ने ७१ वर्षीय यमबहादुर खत्री रहेका छन् । 

२०५९ साल १० महिना १५ गते तत्कालीन पुनरावेदन अदालत बुटवलबाट फैसला भई कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैदको सजाय सुनाईएका खत्रीलाई पक्राउ गरी कारागार चलान गरेको हो । 

उनलाई फरार अपराधीको अप्रेशन कार्यक्रम अन्तर्गत बुधबार वडा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो ।

गत बैशाख १ गतेदेखि सञ्चालित सो कार्यक्रम अन्तर्गत १० वर्ष बढी कैद सजायँ सुनाईएका फरार ११ प्रतिवादीलाई पक्राउ गरिसकिएको चन्दले जानकारी दिनुभयो । 


प्रतिक्रिया