२०९ केजी गाँजा सहित मकवानपुरबाट तीन पक्राउ

असार ३०, २०७८ | काठमाडौं

मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ सय ९ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १ सय ६९ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय रविन्द्र राय र ३१ वर्षीय मुक्तार सैफिक छन् । बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकमा सो परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाई छ । 

यसैबीच, मकवानपुरको नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ४० केजी गाँजासहित नुवाकोटका १९ वर्षीय दिपक गुरुङलाई पक्राउ गरेको छ । मनहरीबाट हेटौंडा आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरबाट सो परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया