विद्यार्थीबाट कार्यालयमै थुनिए राजर्षि जनक विश्वविद्यालयका पदाधिकारी

आश्विन १८, २०७८ | जनकपुर

जनकपुर स्थित राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीहरुलाई विद्यार्थीहरुले एउटै कोठामा थुनेका छन् । विश्व विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीहरुले विश्व विद्यालयक कार्यालयको एउटा कोठामा ६ जना पदाधिकारीहरुलाई विश्वविद्यालय डीनको कार्यालयमा थुनेका हुन् । विश्वविद्यालयमा शिक्षक भर्नाको विवादले पठनपाठन अबरुद्ध भएको छ । 

विश्वविद्यालयमा कार्यरत पेपर करारमा कार्यरत शिक्षकहरु आन्दोलित भएका छन् । स्थापनाकालमा कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा शिक्षकहरु आन्दोलित भएका हुन् । 


प्रतिक्रिया