१५ लाख रुपैयाँ सहित कास्कीबाट ११ जुवाडे पक्राउ

कार्तिक १७, २०७८ | कास्की

कास्की प्रहरीले १५ लाख रुपैयाँ सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिकामा–२ तातोपानीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई १५ लाख २४ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिकापा–३ का २८ वर्षीय कमल भण्डारी, पुतलीबजार ननगरपालिका–२ का २८ वर्षीय दिपेश गुरुङ र कास्कीको पोखरा महानगरपालिका–१७ का २३ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । 

यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ घर भई हाल पोखरा–१७ बस्ने ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ का २६ वर्षीय विनय गुरुङ, ३२ वर्षीय कोकर्ण केसी, चितवनको भरतपुर महानगरपालिका–१ घर भई पोखरा बस्ने ३५ वर्षीय कोराजु घिमिरे रहेका छन् ।

यस्तै, पोखरा–८ का ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ का ४३ वर्षीय राजु कार्की, पोखरा–२६ का ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका–८ घर भई हाल पोखरा–१७ बस्ने ३९ वर्षीय मनबहादुर खड्का रहेका छन् । 

तातोपानी ईन होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले बुधबार बिहान ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ११ जनालाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले बताउनुभयो । 


प्रतिक्रिया