लागू औषधसहित तिलोत्तमाबाट ३ पक्राउ

पुस २८, २०७८ | तिलोत्तमा

लागूऔषध खैरो हेरोईन सहित रुपन्देहीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–६ बस्ने भीम गुरुङ, भारतको महाराजगञ्ज नौतुनवा बस्ने २० वर्षीय सेहावाद आलम र ३० वर्षीय रहमत करौसी इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई मंगलबार साँझ तिलोत्तमा नगरपालिका–७ भलवारीबाट पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम खैरो हेरोइन र नियन्त्रित लागूऔषध स्पास्मो १२ चक्की, नाइट्रोभेट ६ चक्की, १८ हजार ९ सय रुपैयाँ र ६ थान मोबाइल फेला पारेको थियो ।


प्रतिक्रिया