खैरो हेरोईन सहित कञ्चनपुरबाट २ जना पक्राउ

फाल्गुन १२, २०७८ | कञ्चनपुर

लागू औषध खैरो हेरोईन सहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप महानगरपालिका–२ का २६ वर्षीय दिपक विष्ट र ३१ वर्षीय गोपी विक छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका–६ रिछाहाबाट खैरो हेरोईन सहित उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । विकले प्लाष्टिकमा बेरेर मुखभित्र ४ दशमलव ११ ग्राम खैरो हेरोइन लुकाएर राखेका थिए । 

शंकास्पद रुपमा हिँडिरहेका उनीहरुको चेकजाँच गर्दा विकदे मुखभित्र लुकाएको अवस्थामा खैरो हेरोइन भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लालबहादुर बमले बताउनुभयो । प्रहरीले उनीहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको छ । 


प्रतिक्रिया