वडा कार्यालय भवन बनाउन झण्डै एक करोडको जमिन दान

जेष्ठ ११, २०७९

झापाको विर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन बनाउन एकजना स्थानीयले करोडौं रकम पर्ने जग्गा दान गरेका छन् । बिर्तामोडका युवा समाजसेवी विवेक केशरी प्रसाईले वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्य पर्ने एक कट्ठा जमिन नि:शुल्क प्रदान गर्नु भएको हो । 

उहाँले जग्गा दान गर्ने घोषणा गरे लगत्तै कांग्रेसबाट विर्तामोड ५ को वडाध्यक्षमा निर्वाचित रोहित प्रसाईले आज पदभार ग्रहण गर्नुभएको छ । विर्तामोडको व्यस्त कृषिथोक बजारमा वडा कार्यालय हुँदा भीडभाडले बजार थप अस्तव्यस्त बनेको थियो । नवनिर्वाचित वडाध्यक्ष प्रसाईले दीर्घकालीन प्रबन्ध मिलाउनु भएको छ । 


प्रतिक्रिया