कान्तिपुरकर्मी अधिकारीलाई स्वर्णप्रभा पत्रकारिता पुरस्कार

जेष्ठ ३०, २०७९

यस वर्षको स्वर्णप्रभा पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाले आज पुरस्कार प्रदान गरेको हो । पत्रकारिताबाट सामाजिक क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तिलाई प्रत्येक दुई वर्षमा सो पुरस्कार प्रदान गरिदै आएको पुस्तकालयका संस्थापक टिकाप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

अधिकारीलाई सम्मानपत्रका साथै नगद १० हजार १ सय १५ रुपैयाँ प्रदान गरिएको पुस्तकालयका अध्यक्ष घनश्याम बरालले बताउनुभयो । सोही अवसरमा गर्गश्री सम्मान पिण्डेश्वर मावि धरान सुनसरी, दुल्लभ लामिछाने स्मृतिग्रन्थ पुरस्कार ज्ञानराज सुवेदी मोरङ, धनमाया लामिछाने युवा प्रतिभा पुरस्कार कविता राई भोजपुर, डिल्लीमाया बराल स्मृति पुरस्कार सविता गौतम दाहाल मोरङलाई प्रदान गरिएको छ ।


प्रतिक्रिया