तिलोत्तमाका चन्द्र थापाले जिते होण्डाको १५ लाख बम्पर उपहार

पुस २८, २०७९ | तिलोत्तमा

रुपन्देहीको सिद्धार्थनगर–८ स्थित सिद्धि विनायक अटो इन्टरनेशनल प्रालिले दशैंको शुभलाभ बम्परमा अफरको नगद पुरस्कार हस्तान्तरण गरेको छ । स्याकर ट्रेडिङ कम्पनीको दशैं–तिहारको अफरका विजेता तिलोत्तमा नगरपालिका–१४ का चन्द्र बहादुर थापालाई बुधबार एक कार्यक्रमबीच १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । 

स्याकर ट्रेडिङ कम्पनीले सार्वजनिक गरेको दशैं–तिहारको ‘होण्डा छ साथसाथ, दशैं शुभलाभ, बम्परमा १५ लाख’ भन्ने नारा सहितको नगद उपहार देशभरिबाट लककी ड्र मार्फत एक जनालाई प्रदान गरिएको हो । थापाले गत दशैंमा एसपी साइन मोटरसाइकल खरिद गरेका थिए । लक्की ड्र मार्फत विजेता बनेका उनले बुधवार भैरहवास्थित सोरुममा आयोजित कार्यक्रममा पुरस्कार रकम प्राप्त गरे । 

रकम हस्तान्तरण गर्दै सिद्धिविनायक अटो इन्टरनेशनल प्रालिका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठले चिठ्ठा वापतको रकम ग्राहकलाई झुक्याउनका लागि मात्र हो भन्ने मानसिकता प्रमाणित गर्न आफ्नो सोरुम सफल भएको दाबी गर्नुभयो । 

‘हामी विगत ४ वर्षदेखि ग्राहकको मन जितेरै सफल भइरहेका छौं’, उहाँले भन्नुभयो, ‘उपहार नगद प्राप्त गर्ने ग्राहक हाम्रो सोरुमबाट खरिद गरेका ग्राहक बन्नु जिल्लाकै लागि खुसीको कुरा हो ।’ 

कार्यक्रममा बोल्दै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज न्यौपानेले निजी क्षेत्रमा लगानी गरी सञ्चालन भइरहेका सवारी साधनका व्यावसायिक प्रतिष्ठानले भैरहवा क्षेत्रमा राम्रो सफलता प्राप्त गरेको बताउनुभयो । कार्यक्रममा होण्डा म्यानेजमेन्ट जापानका ७ जना प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया