ललितपुर महानगरमा सडक सुरक्षा शिक्षा कार्यान्वयन

फाल्गुन २९, २०७९ | काठमाडौं

ललितपुर महानगरपालिकाले विद्यालयका बालबालिकालाई सडक सर्तकता र सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिने उद्देश्यले सडक सुरक्षा शिक्षा पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको छ ।

ललितपुर महानगरपालिका क्षेत्र भित्रका सबै विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि सो पुस्तक कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

ललितपुरमा आज एक कार्यक्रमकाबीच महानगरले सो पाठ्य पुस्तक विमोचन गरेको छ । पुस्तक विमोचनको अवसरमा महानगर प्रमुख महर्जनले माध्यामिक तहका विद्यार्थीका लागि समेत सडक सुरक्षा शिक्षाको अर्को अंक प्रकाशन गरिने बताउनुभयो ।

शहरी सुरक्षाको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको सडक र सवारीसँग सम्बन्धित विषयलाई समेटेर प्रकाशित गरिएको पाठ्यपुस्तकले बालबालिका लाभान्वित बन्ने विश्वास महानगरले गरेको छ ।


प्रतिक्रिया