सिन्धुलीमा रुखको हाँगाले लागेर एकको मृत्यु

जेष्ठ २३, २०८०
रुखको हाँगाले लागेर सिन्धुलीको कमलामाई नगरपालिका ७ गडौँलीमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हावाहुरीले ढालेर रुखमा अड्कीएको रुख ढल्दा हाँगाले लागेर ६९ वर्षीय मानबहादुर लामाको मृत्यु भएको हो । रुखको हाँगाले लागेर गम्भिर घाइते भएका लामाको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिनुभयो ।
उता, बाँकेको पूर्वपश्चिम राजमार्ग अर्न्तगत ढकेरी क्षेत्रमा एक जनाको शव भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिका—१८ का रविन्द्र रेग्मीको शव भेटिएको प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । प्राध्यापन पेशामा संलग्न रेग्मी केहि छलफलका लागि भन्दै घरबाट हिडेका थिए ।