खुल्ला राष्ट्रिय डबल्स् पुरुष ब्याडमिण्टनको उपाधी कास्कीका खड्का र अधिकारीको जोडीलाई

मंसिर २५, २०७७ | कपिलवस्तु

कपिलवस्तुको जीतपुरमा आयोजित दुई दिने खुल्ला राष्ट्रिय डबल्स् पुरुष ब्याडमिण्टन प्रतियोगिताको उपाधी कास्कीका विशाल खड्का र विधान अधिकारीको जोडीले जितेको छ । उनीहरुले उपाधीसंंगै ६६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

 कपिलवस्तुको वाणगंगाका विनोद पौडेल र राजु थापाको जोडी दोस्रो भएको छ । त्यसै गरि तेस्रो बुटवलका विश्वास नेपाल र गणेश रायमाझी तथा मकवानपुरका अभिषेक बोस र विधान गुरुङको जोडी भएको छ । दोस्रो र तेस्रो हुनेले क्रमश: ३३ हजार र १६ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

आजै विहान क्वाटरफाईनलका ४ खेल भएका थिए भने साँझ सेमीफाईनल र फाईनलका खेल भएको थियो । प्रतियोगितामा ३६ जोडी सहभागी थिए । 


प्रतिक्रिया