मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९ | काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा इण्डियन प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले आज मुख्य प्रशिक्षकमा प्रभाकरलाई नियुक्त गरिएको जनाएको छ । ईण्डियाका पूर्व अलराउन्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक समेत हुन् । 

अफगानीस्तानका मुख्य प्रशिक्षक रहेर समेत काम गरिसकेका उनले ईण्डियाका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्र्तराष्ट्रिय खेलेका थिए ।


प्रतिक्रिया