आइसीसी यु–१९ विश्वकप छनोटः नेपाल र मेलेसिया खेल्दै

फाल्गुन १६, २०७९ | काठमाडौं
आइसीसी यु–१९ विश्वकपका लागी एसिया छनोट अन्तर्गत आज नेपाल र मेलेसियाबीच खेल हुँदैछ । यूएईमा जारी प्रतियोगिातमा नेपाल लगातार चौथो जितको खोजिमा छ ।
मलेक क्रिकेट ग्राउण्डमा हुने सो खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट शुरु हुनेछ । यसअघि नेपालले हिजो हङकङलाई ९ विकेटले पराजित गर्दै यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
नेपालले यसअघी कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने सिंगापुर ९६ रनको अन्तरले पराजित भएको थियो । नेपाललाई आफ्नो विजयी यात्रा जोगाइराख्नु चुनौतीपूर्ण छ ।
अन्तिम तथा पाँचौ खेलका रुपमा फागुन १८ मा खेलमा यूएईसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने छ ।