नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा गोलरहित बराबरी

भाद्र २१, २०८२ | काठमाडौं

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल म्याच बराबरीमा सकिएको छ । काठमाडौंको दशरथ रंगशालामामा भएको खेल गोल रहित बराबरीमा सकिएको हो ।

 दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

 नेपाली टोलीले झण्डै २ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार अब दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ ।

 दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिने छ ।  


प्रतिक्रिया