सहिद स्मारक ’ए’ डिभिजन लिग: आज दुइ खेल

जेष्ठ १४, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । 

सातदोबाटो २१ खेलमा २९ अंक जोडेर पााचौं स्थानमा छ । एनआरटी सातौं जितको खोजीमा हुनेछ । एनआरटी २१ खेलमा २६ अंक जोडेर दशौ स्थानमा छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा छ । थ्री स्टार सातौं जित निकाल्न चाहन्छ । थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा छ ।


प्रतिक्रिया