सुरक्षाको कारण देखाउँदै आपीएलका बाँकी खेल स्थगित

वैशाख २६, २०८२ | काठमाडौं

भारत–पाकिस्तानबीचको द्वन्द्वले दुवैतर्फका क्रिकेट लिग प्रभावित भएका छन् । पाकिस्तान सुपर लिग पीएसएलका बाँकी खेल दुबईमा सारिएको छ ।

 त्यस्तै इन्डियन प्रिमियर लिग तत्कालका लागि १ हप्ता पछाडि धकेलिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । 

खेलको नयाँ तालिका र स्थानपछि सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ । हिजो धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलपनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो । अहिलेसम्म आईपीएलमा लिग चरणका ५८ खेल सकिएका छन् भने १२ खेल अझै बाँकी छन् ।   


प्रतिक्रिया