काभा महिला भलिवलमा नेपाललाई तेस्रो स्थान

जेष्ठ १४, २०८० | काठमाडौं

काठमाडौंमा आयोजित काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल तेस्रो भएको हो ।

 पहिलो सेटमा २५–२० को अन्तरमा उज्वेकिस्तान पराजित भएपनि त्यसपछि पुनरागमन गर्दै नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले हात पार्‍यो ।

यसअघि सन् २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा नेपालले उज्वेकिस्तानलाई नै पराजित गरेको थियो । यसैबीच प्रतियोगिताको उपाधिका लागि आजै भारत र काजकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ ।  


प्रतिक्रिया