दोस्रो लेग अन्तर्गत दशौं चरणका खेल आजबाट

जेष्ठ १६, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । चर्च ब्वाइज यस सिजनको ११ औं जित निकाल्दै शीर्ष स्थानमा यथावत रहन चाहन्छ । उसको २२ खेलबाट ३८ अंक छ । यता, नवौं जितको खोजीमा रहेको एपीएफको २९ अंक छ । उ छैटौं स्थानमा छ ।

यसअघि, दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्ने छन् । आर्मी आज आठौं जितको खोजीमा हुँदा, जावलाखेल १० औं जित निकाल्ने योजना सहित मैदान उत्रदैछ । २२ खेलबाट ३० अंक जोडेको आर्मी पाँचौं स्थानमा छ । समान खेलबाट ३४ अंक जोडेर जावलाखेल तेस्रो स्थानमा छ ।


प्रतिक्रिया