उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

फाल्गुन २०, २०८०

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । बर्षाका कारण नेदरल्यान्ड्स र नामिबियाबीचको खेल बराबरीमा सकिएपछि दुबै टोलीले एक÷एक अंक बाँडेका थिए । त्यसको प्रत्यक्ष फाइदा उठाउँदै डच टोलीले समग्रमा ५ अंकसहित पहिलो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपाल भने दोस्रो स्थानमा रहँदै राम्रो रनरेटका आधारमा यसअघि नै फाइनल पुगिसकेको थियो । नामिविया भने तीन अंकसहित पुछारमा रह्यो । 

अंकतालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्न नियम अनुसार नेपाल र नेदरल्यान्ड्सबीच उपाधि भिडन्त हुने भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेदरल्याण्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको स्थितिमा बर्षाले खेल रोकिएको थियो । लगातारको बर्षाका कारण म्याच सम्भव नभएपछि दुई टोलीले अंक बाँडेका हुन् । सिरिजको फाइनल खेल पर्सी मंगलवार हुनेछ ।


प्रतिक्रिया