इटहरी गोल्डकपः त्रिभुवन आर्मी फाइनलमा

चैत्र १४, २०८०

विभागीय त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इटहरी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा साविक विजेता मोरङको सगरमाथा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारीत र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

आर्मीको जितमा रिपु भुलान र फत्तेमान घलेले गोल गरे भने सगरमाथा क्लबका लागि दिवाकर चौधरीले एक गोल गरे । फाइनल प्रवेशका लागि अब भोलि आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज यूनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 हिजो भएको अन्तिम क्वाटरफाइनलमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको फाइनल भने आगामी शनिबार हुनेछ । 


प्रतिक्रिया