आहा–रारा पोखरा गोल्डकप फुटबलमा पुलिसको विजयी सुरुवात

माघ २२, २०८१ | काठमाडौं

विभागीय टोली नेपाल पुलिस क्लबले आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आजबाट सुरु २४ औं संस्करणको उद्घाटन खेलमा पुलिसले आयोजक पोखराको सहारा क्लबलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।

पुलिसको जितमा खेलको पहिलो हाफमा उज्वल राईले गरेको गोल निर्णायक बन्यो ।

उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । आयोजक टिमले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

आगामी फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक क्लबसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।

यस्तै, समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । 

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् । 


प्रतिक्रिया