एसिसि मेन्स प्रिमियर कपः नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित

चैत्र ३०, २०८० | काठमाडौं

एसिसि मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मेलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ३२, कप्तान रोहित कुमार पौडेलले २८, कुशल भुर्तेलले २४ तथा दिपेन्द्रसिंह ऐरीले २० रन जोडे । गुलशन झाले नट आउट १९ तथा सन्दिप जोराले १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलेसियाले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार पारेको हो । उसका लागि कप्तान विरनदिप सिंहले नटआउट ७२, शर्विन मुनिन्दीले ४१ रन बनाए । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर २ विकेट लिए ।

यस्तै समान ओभर बलिङ गरेका अभिनाश बोहोराले २८ रन खर्चिएर १ विकेट लिए भने करण केसी, सोमपाल कामी र ललित राजवंशीले कुनैपनि विकेट लिन सकेनन् ।

यसअघि आजै भएको अन्य खेलमा ओमानले बहराइनलाई ३ रन, यूएईले कुवेतलाई ७ विकेटले र कतारमाथि हङकङ २६ रनले विजयी भएका छन् । प्रतियोगताको विजेता टोली एसिया कप क्रिकेटका लागि छनोट हुनेछ । 


प्रतिक्रिया