एभरेष्ट महिला भलिबल लिगः उद्घाटन खेलमा ललितपुर ३–१ सेटले विजयी

आश्विन १४, २०८१ | काठमाडौं

पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर क्विन्सले विजयी शुरुवात गरेको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङगशालमा सकिएको पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३–१ सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो । ललितपुरले पहिलो सेट २५–२० ले जिते पनि दोस्रो सेटमा २१–२५ ले पराजित भयो । 

ललितपुर तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । असोज १९ गतेसम्म चल्ने प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ ।

 ६ टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।  


प्रतिक्रिया