प्रिमियर लिगमा बर्नमाउथले साउथह्याम्प्टनलाई हरायो

आश्विन १५, २०८१ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले प्रतिद्वन्द्वी साउथह्याम्प्टनमाथि सहज हात पारेको छ । भाइटालिटी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली बर्नमाउथले साउथह्याम्प्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

बर्नमाउथले खेलको पहिलो हाफमै तीन गोल गरेको थियो । यो जितसँगै बर्नमाउथ अंक तालिकाको दुई स्थानमाथि उक्लेको छ । खेलको ११ औं मिनेटमा इभानिल्सनको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । 

डांगो ओउटाराले खेलको ३२ औं मिनेटमा गोल गर्दैै बर्नमाउथको अग्रता दोब्बर पारे । खेलको ३९ औं मिनेटमा एन्टोइन सेमेन्योले अर्को गोल थप्दै बर्नमाउथलाई ३–१ गोलको अग्रता दिलाएका थिए । 

साउथह्याम्प्टनका लागि खेलको ५१ औं मिनेटमा टेलर हार्वुड–बेलिसले एक गोल फर्काए । यो नतिजासँगै बर्नमाउथ ८ अंकसहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । 

पराजित साउथह्याम्प्टन भने एक स्थान तल झरेको छ । साउथह्याम्पटन एक अंकमा सीमित रहँदै रेलिगेसन क्षेत्रमा छ ।


प्रतिक्रिया