साफ महिला च्याम्पियनसिप फुटबलः आज बंगलादेश र भारत खेल्दै

कार्तिक ७, २०८१ | काठमाडौं

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेशले आज भारतको सामना गर्दैछ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने समूह ‘ए’ को बंगलादेश र भारतबीचको साँझ साढे ५ बजे सुरु हुनेछ । 

साविक विजेता बंगलादेश र पाँच पटकको विजेता भारतबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । प्रतियोगिताको समूह ‘ए’ को लिग चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ । 

भारत यसअघघि नै सेमिफाइनल पुगिसकेको छ । भारतको तीन अङ्क छ । उसका पछाडि बंगलादेश र पाकिस्तान एक–एक अङ्क छन् । 

भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेलेका थिए । 


प्रतिक्रिया