टी–२० अन्तर्राष्ट्रियमा कुशल भुर्तेलको ३१ स्थान सुधार

कार्तिक ७, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टी–२० अन्तर्राष्ट्रियको ब्याटिङ वरियतामा सुधार भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा कुशलले ३१ स्थान सुधार गरेका हुन् ।

 यसअघिको वरियतामा शीर्ष १ सयमा स्थान बनाउँन नसकेका उनले ३१ स्थान सुधार गर्दै ९९ औं स्थानमा उक्लिएका हुन् । कुशलले अमेरिकासँगको ३ खेलको टी–२० आई सिरिज क्लिन स्विप गर्दा १ अर्धशतक सहित सर्वाधिक १ सय ४२ रन बनाएका थिए । 

ब्याटिङ वरियतामा नै २ स्थान सुधार गर्दै आसिफ शेख ६९ औं तथा कप्तान रोहितकुमार पौडेल ४ स्थान सुधार गर्दै ५९ औं स्थानमा छन् ।

 टी–२० आईको बलिङ वरियतातर्फ भने दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा रहँदा सोमपाल कामी ३ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । अलराउन्डरतर्फ भने दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा कायमै छन् । 


प्रतिक्रिया