जिम्बाबेले टी–२० क्रिकेटमा नेपालको रेकर्ड तोड्यो

कार्तिक ७, २०८१

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको रेर्कड तोडिएको छ । गत वर्ष चीनमा मंगोलिया विरुद्ध नेपालले बनाएको ३ सय १४ रनको रेर्कड जिम्बाबेले जाम्बिया विरुद्धको खेलमा तोडेको हो । जिम्बाबेले आईसीसी टी–२० विश्वकप अफ्रिका उपक्षेत्रीय छनोट खेलमा मात्र ४ विकेटको क्षतिमा जाम्बिया विरुद्ध एकै इनिङ्समा सो रेकर्ड बनाएको हो । 

विश्व रेकर्ड बनाउने क्रममा जिम्बाबेका लागि कप्तान सिकन्दर राजाले नटआउट १ सय ३३ रन बनाए । ४३ बल खेलेका राजाले ७ चौका र १५ छक्काको सहयोगमा सो रन बनाएका हुन् । ३ सय ४५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जाम्बिया १४ दशमलव ४ ओभरमा अलआउट हुँदै ५४ रन मात्र जोड्न सक्यो । टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने देशको सूचीमा नेपाल दोस्रो स्थानमा रहँदा इण्डिया २ सय ९७ रन सहित तेस्रो स्थानमा छ ।  


प्रतिक्रिया